र्यापिड टेस्टबारे प्रश्न उठेपछि मन्त्रालयले मुख खोल्यो
काठमाडौं – कोरोनभाइरस परिक्षण गर्ने र्यापिड टेस्ट कीटको गुणस्तरको सन्दर्भमा प्रश्न उडेपछि स्वास्थ्य मन्त्रालयले मुख खोलेको छ । चीनबाट आयात गरिएको स्वास्थ्य उपकरणमा आर्थिक अनियमितता भएको तथा गुणस्तरहिन सामाग्री ल्याएको भन्दै विरोध भएपछि मन्त्रालयले यसको बचाउन गरेको छ ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले चीनबाट खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको भन्दै परिषद्ले प्रयोग गर्न योग्य भनि सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणि भएपछि मात्रै प्रयोगका लागि वितरण हुने बताए ।
उनले मंगलबारको नियमित पत्रकार सम्मेलनमा र्यापिड टेस्ट कीटबारे सार्वजनिक गरिएको धारणालाई मन्त्रालयले खरिद गरेको ¥यापिङ टेस्ट कीटसँग जोडी विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको दावी पनि गरेका छन् ।
‘सरकारले ल्याएको र्यापिड टेस्टिङको गुणस्तर निक्र्यौल भएपछि मात्रै प्रयोग हुन्छ । अनाधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो’, कार्कीको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा चीनबाट ल्याइएको कीट चीन सरकारले प्रमाणि त गरेको कीट भएको पनि दावी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेस्ट कीट चीन सरकारले प्रमाणि गरेको कीट हो । नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेस्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले र्यापिड टेस्ट किट प्रयोग गरी स्कृनिङ गर्ने र शंकास्पदहरुको पीसीआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार पूर्व तयारी गर्न खोजिएको हो । अहिले युरोप अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेका छन् ।
विज्ञप्तिमा अहिले बजारमा अवैध ढंगले र्यापिड कीट भित्र्याइ जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासोको आधारमा मात्रै सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिइ कीटको प्रयोग नगर्न निर्देशन दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
