स्वास्थ्य मन्त्रालयले पनि मनायो अप्रिल फुल !

बुधबार, १९ चैत्र २०७६

काठमाडौं – आज अप्रिल महिनाको एक तारिख । सबैलाई उल्लु बनाउने दिन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आज अप्रिल फुल बनाएको छ । मन्त्रालयले कोरोनाभाइरस (कोभिड १९) संक्रमित थप दुई जनालाई निको भएको भनेर रिपोर्ट सार्वजनिक गरेर सबैलाई उल्लु बनाएको छ ।

मन्त्रालयले आफ्नो वेभसाइटमा राखेको विवरणमा कोरोना निको भएका ३ जना भनेर अप्रिल फुल बनाएको छ । झुट विवरण सार्वजनिक गरेर सबैलाई मन्त्रालयले उल्लु बनाएको हो ।

उक्त रिपोर्ट केही समयपछि सच्याएको छ । विभिन्न माध्ययमबाट फोनहरु जान थालेपछि उक्त कुरा सच्याएको हो । अहिले कसैलाई पनि अस्पतालले डिस्चार्ज गरेको छैन ।

नेपालमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किसकेका छन । चिनबाट नेपाल आएका उनी केही समयको अस्पताल बसाई पछि निको भएर घर फर्किएका हुन ।

त्यस्तै, अरु ४ जना आइसोलेसनमा उपचारार्थ छन । दुई जना काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको बाग्लुङ्गमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ ।

मन्त्रालयले १ हजार १ सय ३१ को कोरोानाभाइरस परिक्षण गरिएको र १ हजार १ सय २६ जनामा संक्रमण नदेखिएको जनाएको छ ।