भ्रष्टाचार बढेपछि सत्तारुढ नेकपाका अधिकाँश नेता असन्तुष्ट, एउटा स्टाटसले हल्लियो सरकार

बिहिबार, २० चैत्र २०७६

धनगढी – अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड –१९) को संक्रमणले आक्रान्त छ । विश्वमा हजारौं मानिसहरुले कोरोनाभाइरसका कारण ज्यान गुमाउनु परेको छ । त्यसकै चपेटामा नेपाल पनी परेको छ ।

नेपाल सरकारले पुरै देशलाई लकडाउनमा राखेको छ । पुरै देश सुनसासँगै त्रासमय बाताबरणमा छ । हरेक व्यक्ति आफ्नो सेल्फ क्वारेन्टाइनमा छन् । लकडाउन गरेको दुई हप्ता पुग्नै लागेको छ । सम्पुर्ण सार्वजनिक सेवाका निकायहरु बन्द छन् । सडकमा पुरै सुनसान छ । निकै भिडभाड हुने देशका अधिकांश सहरहरुमा छाडा कुकुरहरुसमेत भेट्न मुस्कील छ ।

ट्राफिक जामको कम गर्न हम्मेहम्मे हुने सहका चोकमा अहिले छिटफुट रुपमा प्रहरीहरु मात्रै देखीन्छन् । यता सरकारले भाईरसको रोकथाम तथा न्यूनिकरणका लागि हरप्रकारको प्रयास पनि गरीरहेको छ । देशको सूरपश्चिम प्रदेशको अवस्था पनी त्यस्तै छ । हरेक मानिसले सरकारले लगाएको लकडाउनलाई पुर्णरुपमा सर्मथन गरेका छन् ।

यहाँको संसद बैठक पनी स्थगित भएको छ । सबै प्रदेशसभा सदस्यहरुसमेत सेल्फ क्वारेन्टाईनमा छन् । सबैले कोरोनालाई चाडो भन्दा चाडो न्यूनिकरण गर्न सरकारलाई दवावसँगै सुझावसमेत दिने गरेका छन् । देशमा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाईको सरकार छ । दुई नम्बर प्रदेश बाहेक सबै प्रदेशमा नेकपाकै दुई तिहाईको सरकार बनेको छ ।

नेपालको इतिहासमा यो सरकारलाई अन्य सरकारको भन्दा फरक रुपमा जनताहरुले हेरिरहेका छन् । सरकारको विकास निर्माणँगै देशमा आएका ठुला विपत्तीको सामना गर्न दुई तिहाइको सरकारले महत्व राख्ने स्वभाविक पनि हो । सरकारको काम गर्ने शैलीलाई लिएर अहिले सत्ता पक्ष र प्रतिपक्षी दलका नेता कार्यक्रताहरु मात्रै नभएर पार्टीबाट निर्वाचित सांसदहरुले समेत प्रश्न गरीरहेका छन् ।

पछिल्ला केही दिनमा सरकारका मन्त्रीहरुप्रति लागेका आरोपहरुले झनै गिजाई रहेको छ । विश्वमा आक्रान्त भएका बेला नेपाल सरकारमा बस्नेहरुका केही दृश्यान्तहरुले स्वभावतहः सबैमा प्रश्न उठ्छ नै । तर नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित सांसदहरुले समेत यो विपत्तीमा प्रश्न गर्न थालेका छन् ।

यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन अम्मर साउँद । सुदूरपश्चिम प्रदेश सभामा कैलाली निर्वाचन क्षेत्र नं ३ बाट प्रदेश सभामा निर्वाचित सांसद हुन साउँद । खासै मिडिया नआउने सांसदले विहिबार आफ्नो फेसवुक वालमा मर्मस्पर्सी स्टाटस लेखे ।

सारा सँसार ,कोरोना भाईरसबाट ग्रसित
सबै खाले सरकार , भ्रष्टाचार र कमिशन बाट ग्रसित,
शक्ति राष्ट्रहरु, अहँकार र अहम्ताबाट ग्रसित
हाम्रो देशका राजनितिक दलहरु ः गुटबन्दीबाट ग्रसित
सम्पूर्ण मानव जाती, लोभ, लालसा र निहित स्वार्थ बाट ग्रसीत

सांसद साउँदको यो स्टाटसले धेरै लाई भावुकसमेत बनाएको छ । उनको उनले इटलीको प्रसंग कोट्याउँदै देशमा धनी बन्नका लागि गरिने हरेक कु–कर्मलाई व्याङ्ग्य मार्फत प्रस्तुत गरेका छन् । साँसदको त्यो स्टाटसको अन्तीममा लेखेका छन्, ‘आखिर अन्तत धन, दौलत र रुपैयाँ पैसा के नै काम लाग्दो रहेछ त, भन्ने कुरा केही दिन अगाडिको ईटलीका सडक र गल्लीमा त्यहाका धनी मनीसहरुले फालेको नोटहरुको दृस्यबाट पाठ सिक्न जरुरी छ । त्यसैले यस्तो विश्व महासङ्कटमा परिरहेको बेला हामी सबैले माथि उल्लेखित सबै बिषयबाट मुक्त भई सहयोगी र मानवियताका आधारमा एक अर्कालाई सहयोग गरौं । आफू पनि बाँचौ अरुलाई पनि बचाऊ, यो महामारी माथि विजय प्राप्त गरौ । धन्यवाद ।