कोरोनाको आशंका गरिएकी एक महिलाको मृत्यु

शुक्रबार, २१ चैत्र २०७६

चितवन – कोरोनाको आशंका गरिएकी एक महिलाको मृत्यु भएको । चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी २६ बर्षिय एक महिलाको मृत्यु भएको अस्पतालले जर्नाको छ ।

मृत्यु हुनेमा सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राई रहेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए । उनकाअनुसार राई हेटौंडाबाट रेफर भएर अस्पताल भर्ना भएकी थिइन् ।

बिहीबार राति १ बजेतिर भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी राईको पछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार शुरु गरिएको थियो । तर, उपचारकै क्रममा राईको मृत्यु भएको तिवारीले जानकारी दिए ।

राईको कोरोना संक्रमणको आशंका स्वाव संकलन गरि परिक्षणका लागि आजै पठाउने तयारी भइरहेको तिवारीले बताए । अहिले उनको शव अस्पतालमै राखिएको छ ।