देशभर १ सय २० जनाको आइसोलेसनमा उपचार हुँदै

शुक्रबार, २१ चैत्र २०७६

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १ सय २० जनाको आइसोलेसमा उपचार भइरहेको जनाएको छ । शुक्रबार वेलुकासम्म देशभर १२० जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रबत्ता डा. विकास देवकोटाले बताए ।

शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले उपत्यका १५ जना र उपत्यकाबाहिर १०५ जना आसोलेसनमा रहेको बताए ।

त्यस्तै, राष्ट्रिय जनसंख्या प्रयोगशालामा १२७७ जनाको नमुना परीक्षण सम्पन्न भएको छ । ती परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक जना यसअघि नै कोरोनामुक्त भइसकेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको एक जना अलिकती सिरियस रहेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित २ जनाको टेकुमा, २ जनाको बागलुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ ।