वेदास कलेजको अनलाइन कक्षा सुरु, अव घरमै कलेज !

सोमबार, २४ चैत्र २०७६

काठमाडौं – ललितपुरको जावलाखेलमा रहेको वेदास कलेजले अनलाइन कक्षाको सुवात गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विद्यार्थीहरुको अध्ययन प्रभावित भएको भन्दै कलेजले अनलाइन कक्षाहरु संचालन गरेको हो ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि कक्षा संचालनमा असहज स्थिती उत्पन्न भएको र लकडाउनको सदुपयोग गर्दै अनलाइन कक्षामार्फत विद्यार्थीहरुलाई अध्ययनको व्यवस्था गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत कृष्णहरी पाण्डले बताए ।

उज्यालो भविष्यको आधार अर्थात मानव जीवनको अत्यावश्यक आवश्यकता शिक्षा पाउनबाट विद्यार्थीहरू वञ्चित नहुन भन्ने उद्येश्यले अनलाइन कक्षाहरु संचालनमा ल्याएको पाण्डेको भनाई छ ।

पाण्डेले सोमबार एक विज्ञप्ति जारी गर्दै आफैले निर्माण गरेको सफ्टवेयरमा विद्यार्थीहरुले अध्ययन गर्न पाउने बताएका छन् । पाण्डेले विज्ञप्तिमा भनेका छन, ‘नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा ल्याउन पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौं ।

MPercept Technology सँगको सहकार्यमा MPercept Classroom टवेयरको विकास गरेर सप्mटवेयरको माध्यमबाट विद्यार्थीहरुलाई लकडाउनका समयमा पनि नियमितरुपमा अध्ययन अध्यापन गराउँदै आएको कलेजले जनाएको छ ।

अनलाइन क्लास सिमलेस अडियो र भिडियो कन्फेरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरुलगायतका सुविधाहरू रहेको पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो सफ्टवेयरमा प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन सकिनेछ । समुहगत शिक्षा अर्थात ग्रुप एजुकेशन प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियतालगायतका सुविधा यो सफ्टवेयरमा रहेको बताइएको छ ।

मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग सकिनेछ । यसका लागि विद्यार्थीहरुले आप्mनो आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

‘हाम्रो यो कदमले नेपालको शैक्षिक प्रणालीलाई एउटा अर्काे उचाईमा पु¥याउन टेवा दिनेछ भन्ने ठानेका छौं । हामीले यसलाई लकडाउन अवधिमा मात्रै होइन आगामी दिनहरुमा ‘अफ आवर’ मा सधै प्रयोग गर्नेछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

पाण्डे ग्रुपद्वारा संचालित यस कलेजले विगत १० वर्षदेखि नै प्रविधिको उच्चतम प्रयोग गरी शैक्षिकमैत्री वातावरणमा अत्याधुनिक सुविधासहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको थियो । उत्कृष्ठ व्यवस्थापकीय टिमद्वारा सञ्चालित यस कलेजमा बिएससी सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, एमबिएस तहको अध्ययन अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले दक्ष तथा अनुभवी प्रध्यापकहरुद्वारा उच्चस्तरको शिक्षा प्रदान गर्दै आएको छ ।