नेपाल लाइफद्धारा १ करोडको चेक कोषलाई हस्तान्तरण
काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
सञ्चालक समितिले पूर्व निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई कम्पनीले १ करोडको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीका तर्फ संचालन समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।
नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेछ ।