NECA ले बनायो कोरोना विरुद्धको एक्सन टीम

मंगलबार, २५ चैत्र २०७६

काठमाडौं – शैक्षिक परामर्श क्षेत्रका अन्य संघ/संख्थाहरु कोभिड १९ को विरुद्धमा लागिरहेको समयमा गुपचुप रहेको राष्ट्रिय शैक्षिक परामर्श (संघ) तात्न थालेको छ । कोरोनाभाइरसले विश्वभर महामारीको रुप लिइरहेको र नेपालमा पनि लकडढाउन भएको लामो समयपछि नेका जुर्मुराएको हो ।

नेकाले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बिदेशमा अध्ययनरत विद्यार्थीहरुमा परेको समस्या र समाधानको निम्ती एक्सन तीम गठन गरेर आफ्नो उपस्थिति देखाएको छ । उक्त टीमले विद्यार्थीहरुको डाटा संकलनको काम सुरु गरेको जनाएको छ ।

संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरु भएका र कोरोनाबाट प्रभावित मुलुकहरुका विद्यार्थीहरुको डाटा संकलन गर्न थालीएको जनाएको छ । नेकाले कोरोना संक्रमित Australia, Japan, U.S, Canada, New Zealand, UK, India, European Countries (Germany, France , Denmark, Cyprus लगायतका देशहरुमा समस्यामा परेका नेपाली विद्यार्थीहरुको पहिचान गरेर, विद्यार्थीहरुको आधारभुत आवश्यकता प्रत्याभुतीको लागि नेपाल सरकार शिक्षा मन्त्रालय, विदेश स्थित दुतावासहरु अन्तराष्ट्रिय गैर सरकारी सस्था, नेपाली परामर्श संघहरु सम्बन्धित विदेशी नियोगहरुमा बारम्बार रुपमा सूचनाको आदान प्रदान तथा छलफल गर्दै समस्याको समाधान तर्फ अगाडी बढिरहेको नेकाले जनाएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीहरुलाई बढीमा ५०० अमेरिकी डलर पठाउने ब्यवस्था गरेकोमा उक्त रकम विद्यार्थीहरुलाई अपुग हुने हुनाले माहामारी अन्त्य नभएसम्मको लागि उक्त रकम बढाउन शिक्षामन्त्रालयसँग बारम्वार छलफल गरी अनुरोध गरेको जनाएको छ ।