कोरोनाको आशंका गरिएका एक विरामीको मृत्यु
रामेछाप – कोरोनाको आशंका गरिएका एक विरामीको ज्यान गएको छ । रामेछापमा ज्वरो आएर उपचार गराईरहेका एक जनाको मृत्यु भएको हो ।
३ दिनदेखि ज्वरो आएर तामाकोशी अस्पतालमा उपचारको लागि अस्पताल भर्ना भएका गेलु निवासी एक जनाको मृत्यु भएको हो । ६७ वर्षका ति व्यक्तिमा श्वासप्रश्वासको समस्या र अल्कोहल पनि सेवन गर्ने गरेको पाइएको अस्पतालका अनमी माया बुढाथोकीले बताइन।
उनको स्वाप परिक्षणका लागि आजै धुलिखेल पठाईएको छ । मृतकको प्रकृति हेर्दा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएता पनि रिपोर्ट आएपछि मात्र सबै पत्ता लाग्ने अस्पताल श्रोतले जनाएको छ ।