कोरोनाभाइरस संक्रमणबाट चर्चित नायिकाको निधन
एजेन्सी – कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक चर्चित नायिकाको निधन भएको छ । बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणको कारण निधन भएको हो । ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् ।
हलिउड रिपोर्टरले उनको नाती एलेक्स विलियम्सलाई उद्धृत गर्दै उनको निधनको समाचारलाई पुष्टि गरेको छ । लिभरपुलमा जन्मिएकी हिथले सन् १९६८ मा माइकल रिभ्सको चलचित्र विचफाइन्डर जेनेरल मार्फत ठूलो पर्दामा डेब्यु गरेकी थिइन् ।
उनले सन् १९९५ मा ह्यु ग्रान्ट अभिनित एन अफुल्ली बिग एडभेन्चर तथा सन् १९९७ मा निल नामक चलचित्रमा लगानी पनि गरेकी थिइन् ।