१५ वर्षिया किशोरीमाथि बलात्कार गर्ने सचिव पक्राउ

बुधबार, ३ बैशाख २०७७

कैलाली – कैलालीका एक जना वडा सचिव सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन् । १५ वर्षिया किशोरीमाथि बलात्कार गर्ने बडा सचिव २९ वर्षका रामकुमार चौधरीसहित ३ जना पक्राउ परेका छन् ।

कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ४ का सचिव चौधरी १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कारमा संग्लन रहेको भन्दै पक्राउ परेका हुन्।

वडा सचिबसंगै सोही वडाका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेश कुमार चौधरी पनि पक्राउ परेका हुन्।

उनीहरुलाई भजनी नगरपालिकाकी १५ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार भजनी नगरपालिका वडा नं. ८ कृष्णनगर स्थित हुलाकी सडकको दक्षिण तर्फ रहेको झाडीमा लगेर डर, त्रास, धम्की देखाई जबरजस्ती करणी गरेको जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट १५ दिने म्याद थप गरि अनुसन्धान भई रहेको छ ।