सरकारले अफगानिस्तानका नेपालीको उद्धार गर्ने

बिहिबार, ४ बैशाख २०७७

काठमाडौं – सरकारले अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने भएको छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उनीहरुलाई उपयुक्त तरिकाले स्वदेश ल्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव नारायणप्रसाद विडारीले भने, ‘राष्ट्रसंघले नै उद्दार गर्न अनुरोध गरेको उपयुक्त प्रक्रिया पुर्‍याएर ल्याउने बैठकले निर्णय गरेको छ ।’

त्यहाँ ६०र६२ नेपाली रहेको बताइएको छ ।