बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ, कहिले फर्किन्छन घर ?

बिहिबार, ४ बैशाख २०७७

बागलुङ – बाग्लुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण भए पछि पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलले जानकारी दिए।

६५ वर्षीया महिलाको यसअघि गरिएको दोस्रो स्वाब परीक्षण रिपोर्ट भने पोजिटिभ आएको थियो। अब पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ। चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने डा. पोखरेलले जानकारी दिए।