उपसभामुख रानामगरको शपथ आज

सोमबार, ९ माघ २०७९

काठमाडौं _नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज सपथग्रहण गर्दैछिन्।

आज साँझ ५ बजे रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन्।

उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन्। बिहिबार मत विभाजन हुँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो। एक सांसद भने तटस्थ बसेका थिए।