चिरञ्जीवी अधिकारीको नयाँ कोशेली “तन दिए, मन दिए” सार्वजनिक

मंगलबार, १० भाद्र २०८२

काठमाडौँ – सामाजिक सञ्जाल, विशेष गरी टिकटक लगायतका माध्यममा एचआर सिजे नामले परिचित चिरञ्जीवी अधिकारी नयाँ म्युजिक भिडियो लिएर आएका छन् । “तन दिए, मन दिए” शीर्षकको थ्रिलर म्युजिक भिडियोलाई लिएर आएका उनी यस पटक खलनायक जस्तो भूमिकामा देखिएका छन्।

दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका चिरञ्जीवी नेपालमै अवसर नपाएर विदेश पलायन भएका थिए । तर सङ्गीत र कला प्रतीको मोह मर्न नसकेर उनी पुनः नयाँ गीतसहित दर्शकमाझ फर्किएका हुन्।

निर्देशक सरोज अधिकारीले तीन वर्षपछि नयाँ म्युजिक भिडियो “तन दिए मन दिए” सार्वजनिक गर्दै चलचित्र क्षेत्रमा आफ्नो कमब्याक गरेका छन् । विगत १० बर्ष देखी चलचित्र क्षेत्रमा काम गर्दै आएका अधिकारिले पछिल्लो पटक “तन दिए मन दिए” सार्वजनिक गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरेका हुन् ।

झापाको कनकाई नगरपालिका २ घर भई हाल युएईमा आफ्नै व्यवसाय सन्चालन गर्दै आएका अधिकारीले यस अघि ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक निर्देशनको रुपमा समेत काम गरि सकेका छन् । उनी नेपाली चलचित्र क्षेत्रमा सक्रीय व्यक्ती हुन जस्ले अहिलेसम्म तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन्।

त्यसैगरी उनले ठूला ब्यानरका सुपरहिट चलचित्रहरू ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र ‘रावायण’ जस्ता प्रोजेक्टमा पनि सहायक निर्देशकका रूपमा आफ्नो प्रभावशाली योगदान दिइसकेका छन् । यस म्युजिक भिडियोबाट कलाकार चिरञ्जीवी अधिकारीको समेत कमब्याक भएको छ । करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी म्युजिक भिडियो “तन दिए मन दिए” मार्फत पुनः अभिनय क्षेत्रमा देखिएका छन् ।