चीनले अमेरिकालाई खनिज चुम्बक नदिए २ सय प्रतिशत कर लगाउने ट्रम्पको धम्की

मंगलबार, १० भाद्र २०८२

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकालाई खनिज चुम्बक नदिए २०० प्रतिशत कर लगाउने धम्की दिएका छन् ।  यदि त्यसो नगरे चीनमाथि २०० प्रतिशत आयात कर वा अन्य कुनै प्रतिबन्धका उपायहरू लागु गर्ने धम्की दिएका हुन् ।

दुई देशबीचको व्यापार विवादका बीचमा चीन दुर्लभ चुम्बक र तिनको आपूर्तिमा नियन्त्रणको विषयमा संवेदनशील बन्दै गएको छ । अमेरिकाले कर वृद्धिको जवाफमा अप्रिलमा चीनले धेरै दुर्लभ खनिज वस्तुहरू र चुम्बकहरूलाई आफ्नो निर्यात प्रतिबन्ध सूचीमा समावेश गरेको थियो ।

यसैबीच, ह्वाइट हाउसमा आफ्ना दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँगको भेटमा ट्रम्पले चीनसँग सम्बन्ध कायम राख्ने बताएका थिए । “चीनसँग हाम्रो उत्कृष्ट सम्बन्ध हुनेछ । उनीहरूका केही कार्ड छन् र हामीसँग पनि अविश्वसनीय कार्ड छन्,” ट्रम्पले भने, “तर म ती कार्ड खेल्न चाहन्नँ । यदि, मैले ती कार्ड खेले भने चीन नष्ट हुनेछ । म ती कार्ड खेल्ने छैन ।”

किम जोङसँग मेरो धेरै राम्रो सम्बन्ध छ, भेट्न चाहन्छु ट्रम्पले सोमबार यो वर्ष उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न चाहेको बताए ।