खुट्टाको जल खान जेल पुगिन् रवि पत्नी निकिता
काठमाडौँ – रवि लामिछानेको खुट्टाको जल खान पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् । हरितालिका तीजको ब्रत बसेकी निकिता रातो कुर्ता र रातो पोतेमा सजिएर नख्खु कारागार पुगेकी हुन् । निकिताले रविका लागि फलफूलसमेत लगेकी थिइन् ।
बुटवलको सुप्रिम सहकारी संस्था ठगी प्रकरणमा चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेलाई साउन ३१ गते नख्खु कारागार सारिएको थियो । जेलमा केही समय बसेर फर्किएको बताइएको छ ।
सामान्यतयाः कैदीहरूका लागि साँझ साढे ५ बजेपछि भेटघाट बन्द गरिन्छ । तर निकिता ५ बजेपछि कारागार पुगेर रविसँग भेटघाट गरेकी हुन् ।