सरकारले राजनीतिक मुद्दा बनाएर रविलाई अनावश्यक दुःख दियो : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्व व्यवहार गरेको बताएकी छन् । भण्डारीले सहकारी ठगी प्रकरणलाई राजनीतिक मुद्दा बनाएर रविलाई अनावश्यक दुःख दिइएको भन्दै दुःखमनाउ गरेको रास्वपा प्रवक्ता मनिष झाले बताएका छन् ।
‘सहकारीको विषय समाधान गर्नुपर्ने थियो । तर यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुःख दिइराखिएको छ । त्यसमा म असन्तुष्ट छु । उहाँप्रति मेरो सद्भाव छ,’, विद्याको भनाई उदृढ गर्दै झाले भने।
पूर्वराष्ट्रपतिसँग बिहान करिब डेढ घण्टा कुराकानी भएको जानकारी दिँदै झाले यसलाई राजनीतिक संवादको सुरुआत भनेका छन् । उनका अनुसार भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमसँगै रवि लामिछानेबारे पनि कुराकानी भएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले सहकारी ठगी प्रकरणलाई राजनीतिक मुद्दा बनाएर रविलाई अनावश्यक दुस्ख दिइएको भन्दै दुस्खमनाउ गरेको झाको भनाइ छ । ‘सहकारीको विषय समाधान गर्नुपर्ने थियो । तर यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुस्ख दिइराखिएको छ । त्यसमा म असन्तुष्ट छु । उहाँप्रति मेरो सद्भाव छ भन्नुभयो’, उनले सुनाए ।
बिहान रास्वपा नेता झासँग लामो कुराकानी गरेकी पूर्वराष्ट्रपतिले हिजोराति बागमती प्रदेशका यातायातमन्त्री जयराम थापालाई भेट्नुभएको थियो । एमाले नेतासमेत रहेका मन्त्री थापा भण्डारीलाई भेट्न राति सवा ७ बजे भंगाल पुगेका थिए । उनी पौने पौने ९ बजे त्यहाँबाट निस्किएको बताइएको छ ।