अनजानमा तीजको ब्रत भंग भयो भने के गर्ने ?

मंगलबार, १० भाद्र २०८२

काठमाडौँ – तीजको ब्रत बसेकी महिलाहरुको ब्रत भंग भयो भने के हुन्छ ? निद्राले कथा छुट्नु, थकानका कारण विर्सेर केही खाइदिनु अथवा कमजोरीले पानी पिउँदा अनायासै ब्रत भंग हुन सक्छ । यस्तो अवस्थामा केही विशेष उपायले व्रतको दोष निवारण गर्न सकिने सास्त्रमा उल्लेख छ ।

अर्को वर्षको लागि दृढ संकल्प लिने, पञ्चोपचार पूजा गर्नुे, चूरा, पोते, सिन्दूर, मेहन्दी दान गर्नुे, गल्तीले केही खाइयो भने तुरुन्त तुलसीको पात सेवन गर्ने धर्मसास्त्रमा उल्लेख छ । यो दिन महिलाहरूले २४ घण्टा निर्जल (पानी विना) उपवास गरी भगवान शिव र माता पार्वतीको आराधना गर्छन् । रातभर जाग्राम बस्दै भक्ति गीत गाउने, पूजा गर्ने र भोलिपल्ट विहानमात्र व्रतको पारण गर्ने परम्परा छ।

व्रत भंग भएमा सबैभन्दा पहिले भगवान शिव र माता पार्वतीसँग मनदेखि क्षमा याचन गर्नु पर्छ । घरको सुख–शान्तिको कामना गर्दै, आगामी वर्ष व्रत अझ श्रद्धाका साथ गर्ने दृढ संकल्प लिनु पर्छ । त्यसपछि, घरमै पञ्चामृत (दूध, दही, मह, घ्यु, चिनी) ले शिव–पार्वतीलाई स्नान गराउनु पर्छ । त्यसपछि पञ्चोपचार विधिमा पूजा गरी क्षमा प्रार्थना गर्नु पर्छ । अन्त्यमा आरती गर्नु पर्छ ।

तथा, व्रतमा निद्राले कथा छुट्नु, अल्छीले ध्यान नदिनु अथवा अन्जानमै व्रत भंग हुनु – यी सबैले व्रत दोष ल्याउन सक्छ। यस्तो अवस्थामा सुहाग सामग्री ९चूरा, पोते, सिन्दूर, मेहन्दी आदि० दान गर्नु लाभदायक हुन्छ। विशेष गरी हल्दी (बेसार) दान गर्नु उत्तम मानिन्छ।

यदि व्रत भंग गम्भीर रुपमा भएको छ भने नजिकको पण्डितसँग सल्लाह लिनु पर्छ । उहाँले तपाईंलाई कस्तो दान, कहिले, कसरी गर्ने भन्ने स्पष्ट मार्गदर्शन गर्न सक्नु पर्छ । गल्तीले केही खाइयो भने तुरुन्त तुलसीको पात सेवन गर्नु राम्रो मानिन्छ। तुलसी धार्मिक रूपमा पवित्र मानिन्छ र यसले व्रतको दोष न्यून गर्न सहयोग गर्छ।