पूर्वप्रधानमन्त्रीको कारमा भेटियो लागुपदार्थ हेरोइन
काठमाडौँ – पूर्वप्रधानमन्त्रीको कारमा लागुपदार्थ हेरोइन फेला परेको छ । मलेसियाका एकजना पूर्वप्रधानमन्त्रीको गाडिबाट सेलाङ्गोर प्रहरीले ३ ग्राम हेरोइन र लागुऔषध प्रयोग सम्बन्धी उपकरण फेला परेपछि २० वर्षको उमेरका युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन भने पूर्वप्रधानमन्त्रीको पहिचान पनि गोप्य राखिएको छ । प्रहरीले पक्राउ परेका युवा पूर्वप्रधानमन्त्रीका पुत्र रहेको र उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । अनुसन्धान जारी रहेकाले उनको पहिचान गोप्य राखिएको भनिएको छ ।
यो घटनाले मलेसियाको राजनीतिमा पहुँच राख्ने उपल्लो तहका परिवारसँग सम्बन्धित पछिल्लो घटना हो । यसबाट पुनः शक्तिशाली व्यक्ति र उनका परिवारका सदस्यलाई कानुनअनुसार जवाफदेही बनाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको हङकङको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।