KIEC को मल्टिडेस्डिनेशन फेयर भोलि, विदेश अध्ययनबारे सम्पूर्ण परामर्श पाइने
काठमाडौँ – विदेश अध्ययनको भरपर्दो र विश्वासिलो शैक्षिक परामर्श संस्था केआईईसीको दोश्रो मल्टिडेस्टिनेशन फेयर (बहुगन्तव्य शैक्षिक मेला) भोलि अर्थात २९ अगस्ट २०२५ (भदौ १२, २०८२) मा हुने भएको छ । फेयर पुतलीसडकस्थित केआईईसीको कार्यालयमा विहान १० बजेदेखि ४ बजेसम्म चल्ने छ ।
गत वर्ष सम्पन्न पहिलो फेयरमा १२ सय भन्दा बढी विद्यार्थी र अभिभावक सहभागी भएका थिए । यस वर्षको फेयर अझै ठूलो र प्रभावकारी हुने केआईईसीले अपेक्षा गरेको छ । जसले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अभूतपूर्व अवसर प्रदान गर्ने केआईईसीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले बताएका छन् ।
फेयरमा अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, फ्रान्स र जर्मनीका अग्रणी विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहनेछ। विद्यार्थी र अभिभावकहरूले विश्वविद्यालयका संस्थागत प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटवार्ता गर्ने, शैक्षिक कार्यक्रमहरूबारे जानकारी लिन तथा विदेश अध्ययनसम्बन्धी प्रत्यक्ष अनुभव प्राप्त गर्ने अवसर पाउनेछन्।
मेलामा विदेश अध्ययन यात्रामा आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदायकका स्टलहरु रहने बताइएको छ । शैक्षिक ऋण सुविधाका लागि बाणिज्य बैंकहरु, ट्युसन कभरेज र स्वास्थ्य बीमाका लागि बीमा कम्पनीहरू, विद्यार्थीको यात्रालाई सहज बनाउन ट्राभल्सहरु, अंग्रेजी परीक्षा तयारीका लागि British Council (IELTS) र Pearson (PTE) स्टलहरु रहेने केआईईसीले जनाएको छ ।
फेयरमा सहभागी विद्यार्थीले टेस्ट तयारी शुल्कमा डबल लाभ IELTS, TOEFL, PTE वा Duolingo को तयारीमा एउटै शुल्कमा दुई विद्यार्थीले अध्ययन गर्न सक्ने, निःशुल्क मोक टेस्ट सुविधा, निःशुल्क कफी कुपन, प्रत्येक सहभागी विद्यार्थी र अभिभावकलाई सरप्राइज गिफ्ट ह्याम्पर र प्रथम २ सय विद्यार्थीका लागि कुनै पनि टेस्ट तयारी IELTS, TOEFL, PTE ५०% छुट प्राप्त गर्ने छन् ।
शैक्षिक संस्था र सेवा प्रदायकहरूसँग प्रत्यक्ष भेटवार्ताको अतिरिक्त, विद्यार्थी तथा अभिभावकहरूले केआईईसीका अनुभवी काउन्सिलरहरूबाट व्यक्तिगत परामर्श पाउनेछन्। काउन्सिलरहरूले पाठ्यक्रम छनोट, करियर मार्गचित्र र भिसा प्रक्रियामा वास्तविक समय मार्गदर्शन प्रदान गर्नेछन्।
सन् २००६ मा स्थापना भएको केआईईसी नेपालका अग्रणी शैक्षिक परामर्श कम्पनीहरूमध्ये एक हो । जसले विद्यार्थी परामर्श, टेस्ट तयारी र आप्रवासन सेवामा विशेषज्ञता हासिल गरेको छ। १८ वर्षभन्दा बढीको अनुभव र बलियो अन्तर्राष्ट्रिय साझेदारीसहित, केआईईसीले नेपाली विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान पुर्याइरहेको छ।