विद्या भण्डारीप्रति ओलीकोआजसम्मकै कडा टिप्पणी

बिहिबार, १२ भाद्र २०८२

काठमाडौं – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कडा टिप्पणी गरेका छन् । भण्डारीले पार्टी सदस्यताका लागि निवेदन नै नदिएको उनको दाबी छ ।

“च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन । पार्टीमा निवेदन दिनु भएको छैन । प्रकृया मिलेन,” ओलीले भने, “सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ ।”

विधान अधिवेशनका प्रतिनिधिहरूलाई बुधबार बालुबाटारमा प्रशिक्षण दिँदै ओलीले बालुवाटार बोलाउँदा भण्डारी आफूलाई भेट्न पार्टी कार्यालय पुगेको भन्दै असन्तुष्टि जनाएको काठमाडौं एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले बताए ।

ओलीले भण्डारीलाई राजनीतिमा नआउन पुनः सुझाव दिए । ओलीले भण्डारीले आफूलाई सहयोग गर्न भन्दै तपाईं पार्टी चलाउन सक्नुहुन्न भनेको सुनाए । ओलीले नेकपा एमालेमा आएर अध्यक्ष हुन सम्भव नरहेको बताए । तपाइमा अनुभव छैन।