आशिका तामाङ दोषी ठहर

बिहिबार, १२ भाद्र २०८२

काठमाडौं—जिल्ला अदालतले आशिका तामाङलाई दोषी ठहर गरेको छ ।

साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप लगाउँदै सुर्यविनायक नगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ भने ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश दिएको छ ।