अबदेखि दिनमा २ घण्टा मात्रै स्मार्टफोन चलाउन पाइने
काठमाडौं—दिनमा २ घण्टा मात्रै स्मार्टफोन चलाउन पाइने भएको छ । मध्य जापानको तोयोआके नगर सरकारले स्मार्टफोन प्रयोगलाई सीमित पार्न यस्तो प्रस्ताव अघि सारेको छ । यो नियम अक्टोबरदेखि लागू हुने बताइएको छ । यसको उद्देश्य नागरिकहरूलाई स्मार्टफोन प्रयोगको समय व्यवस्थापन गर्न प्रेरित गर्नु रहेको नगर सरकारले जनाएको छ । जनताहरु स्मार्ट फोनको प्रयोगले काममा केन्द्रीत नभएको र नगरपालिकाका जनताको प्रगतिमा बाधक बनेपछि यस्तो प्रस्ताव ल्याउनु परेको हो ।
सरहका ६९ हजार बासिन्दाले एक दिनमा २ घण्टा मात्रै स्मार्टफोन चलाउन् भन्ने स्थानीय आईची प्रिफेक्चरको तोयोआके नगर सरकारको चाहना छ ।
जसअनुसार नगर सरकारका कानुन निर्माताहरूले २ घण्टाभन्दा बढी फोन चलाउन नपाउनेसम्बन्धी प्रस्तावबारे छलफल गरिरहेका छन् । नगर सरकारले यही हप्ताको सुरुमा यो प्रस्ताव पेस गरेको थियो ।
प्रस्तावित समय कार्यस्थल र अध्ययनबाहिर लागू हुने बताइएको छ । यद्यपि, यो नियम तोड्नेलाई कुनै दण्ड जरिवाना भने लगाइने छैन । कानुन निर्माताहरूले पारित गरे भने यो कानुन अक्टोबरदेखि लागू हुनेछ । २ घन्टे समय सीमा नागरिकहरूलाई प्रेरित गर्नका लागि गाइडलाइन मात्रै भएको तोयोआकेका मेयर मासाफुमी कोकीले एक विज्ञप्तिमा बताएका छन् ।
यसको अर्थ नगरले बासिन्दाको अधिकार खुम्च्याउन खोजेको वा जरिवाना तिराउने भन्ने चाहिँ नभएको उनले बताए । यो नियम हरेक घरपरिवारलाई आफ्ना सदस्यले स्मार्टफोनमा खर्च गर्ने समयका साथै स्मार्टफोन गर्ने हुने दिनको समयबारे चर्चा गर्ने अवसर हुने आशा आफूले गरेको कोकीको बताएका छन् । खाना बनाउँदै वा व्यायाम गर्दै, अनलाइन सिकाइ, इ–स्पोर्ट प्रतियोगितामा सहभागी जस्ता चिजका लागि स्मार्टफोनको प्रयोग २ घन्टे समय सीमा भित्र नपर्ने बताइएको छ ।