कोरिया अध्ययन सम्बन्धी शैक्षिक मेला गर्दै केक्यान

शुक्रबार, १३ भाद्र २०८२

काठमाडौँ – कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले दक्षिण कोरिया अध्ययन सम्बन्धी ‘कोरियन एजुकेसन फेयर’ को आयोजना गर्ने भएको छ । कोरियामा अध्ययन गर्न चाहने तर अध्ययनको प्रक्रियाबारे जानकार नभएका विद्यार्थीलाई लक्षित गर्दै फेयरको आयोजना गरिएको हो ।

फेयर आगामी सेक्टेम्बर ६ अर्थात भदौ २१ का दिन नयाँ बानेश्वरको एभरेस्ट होटलमा हुने केक्यानले जनाएको छ । फेयर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने केक्यानका अध्यक्ष विष्णु खड्काले बताएका छन् ।

फेयरमा कोरियामा अध्ययन गर्न पूरा गर्नुपर्ने प्रक्रिया, फ्रि परामर्श र भीषा प्रक्रिया साथै प्रविधि, पाठ्यक्रम, डिजाइनका बारेमा पनि जानकारी दिइनेछ। फेयरमा सहभागी विद्यार्थीका लागि आकर्षक गिफ्ट साथै फिल्म टिकटको समेत व्यवस्था गरिएको अध्यक्ष खड्काले जानकारी दिए।

फेयरमा २३ वटा स्टल रहनेछन् भने विद्यार्थीका निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।