आफ्नो बुद्धिलाई धारिलो बनाउने तरिका

मंगलबार, १ मंसिर २०८३

काठमाडौं – राम, एउटा कम्पनीका लागि ५ बर्षदेखि काम गरिरहेको थियो । तैपनि उसले बढुवा पाएको थिएन । त्यो कम्पनीले श्यामलाई काम गर्न लगायो र उसले एक बर्ष भित्रै बढुवा पायो ।

श्यामले एक बर्षमै बढुवा पाएकोमा रामले हाकिमसँग विरोध जनायो । हाकिमले उसलाई भन्यो तिमिले ५ बर्षपछि जति संख्यामा रुख काट्यौ, अहिलेपनि त्यही संख्यामा काट्दैछौं । राम फर्केर गयो र छिटो छिटो तथा पहिलाको भन्दा धेरै समयसम्म रुख काट्न थाल्यो तर पनि उसले धेरै रुख काट्न सफलता पाएन ।

उसले हाकिमलाई भेटेर आफ्नो समस्या सुनायो । हाकिमले श्यामलाई भेट्ने सल्लाह दिंदै भने, ‘तिम्रो समस्याको समाधान कसरी गर्ने भन्ने श्यामले जान्दछ तर म जान्दिन ।’

रामले श्यामलाई कसरी धेरै रुख काट्न सक्छौ भनेर सोध्यो । श्यामले भन्यो, ‘म प्रत्येक रुख काटेपछि २ मिनेट आराम गर्छु र मेरो बन्चरोलाई धार लगाउँछु । तिमिले सबैभन्दा अन्तिममा कहिले धार लगाएका थियौ ?

तपाईले कहिले सबैभन्दा अन्तिम पटक तपाईको बुद्धिलाई धार लगाउनु भएको थियो ? भुतकालको गौरव र शिक्षाले काम दिदैन । हामीले निरन्तर आफ्नो हतियार (बुद्धि) लाई धार लगाइरहनु पर्छ ।