केआईईसीको ‘मल्टिडेस्टिनेशन फेयर’ मा विद्यार्थीको थेगी नसक्नु भिड

शुक्रबार, १३ भाद्र २०८२

काठमाडौँ – विदेश अध्ययनको भरपर्दो र विश्वासिलो शैक्षिक परामर्श संस्था केआईईसीको दोश्रो मल्टिडेस्टिनेशन फेयर (बहुगन्तव्य शैक्षिक मेला) सम्पन्न भएको छ । शुक्रबार पुतलीसडकस्थित केआईईसीको केन्द्रीय कार्यालयमा सम्पन्न फेयरमा १५ सय बढी विद्यार्थीले सहभागीता जनाएका छन् । गत वर्ष सम्पन्न पहिलो फेयरमा १२ सय भन्दा बढी विद्यार्थी र अभिभावक सहभागी भएका थिए ।

फेयरमा अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, फ्रान्स र जर्मनीका अग्रणी विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको थियो । विद्यार्थी र अभिभावकहरूले विश्वविद्यालयका संस्थागत प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटवार्ता गर्ने, शैक्षिक कार्यक्रमहरूबारे जानकारी लिन तथा विदेश अध्ययनसम्बन्धी प्रत्यक्ष अनुभव प्राप्त गरेका अवसर पाएका थिए । कार्यक्रममा सहभागी बेलायतका लागि बुझ्न आएका विद्यार्थीले केआईईसीले काम गर्ने विश्वविद्यालय, केआईईसीको काउन्सिलिङ र सेवा निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।

फेयरमा सहभागी विद्यार्थीले टेस्ट तयारी शुल्कमा डबल लाभ लिएका थिए भने निःशुल्क मोक टेस्ट सुविधा, निःशुल्क कफी कुपन, प्रत्येक सहभागी विद्यार्थी र अभिभावकलाई सरप्राइज गिफ्ट ह्याम्पर र प्रथम २ सय विद्यार्थीका लागि कुनै पनि टेस्ट तयारीमा ५० प्रतिशत छुट प्राप्त गरेका थिए । असफलसहित अस्ट्रलिया जाने योजना बनाएका विद्यार्थीले केआईईसी आफ्नाका लागि सहि गन्तव्य भेटेको प्रतिक्रिया दिएका थिए ।

विदेशी शैक्षिक संस्था र सेवा प्रदायकहरूसँग प्रत्यक्ष भेटवार्ताको अतिरिक्त, विद्यार्थी तथा अभिभावकहरूले केआईईसीका अनुभवी काउन्सिलरहरूबाट व्यक्तिगत परामर्शसमेत लिएका थिए । सो अवसरमा काउन्सिलरहरूले पाठ्यक्रम छनोट, करियर मार्गचित्र र भिसा प्रक्रियामा वास्तविक समय मार्गदर्शन प्रदान गरेको क्यानडाका लागि तयारी गरिरहेका विद्यार्थीले जनाएका छन् ।

फेयरमा सहभागी विश्वविद्यालयका प्रतिनिधिले पनि विद्यार्थीको उपस्थितिले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए ।

सन् २००६ मा स्थापना भएको केआईईसी नेपालका अग्रणी शैक्षिक परामर्श कम्पनीहरूमध्ये एक हो । जसले विद्यार्थी परामर्श, टेस्ट तयारी र आप्रवासन सेवामा विशेषज्ञता हासिल गरेको छ। १८ वर्षभन्दा बढीको अनुभव र बलियो अन्तर्राष्ट्रिय साझेदारीसहित, केआईईसीले नेपाली विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान पुर्‍याइरहेको छ।