ट्रक यातायातव्यवसायीले भने : फरक–फरक करदरले मारमा पर्यौं
काठमाडौँ — नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, श्रम, रोजगार तथायातायातमन्त्री जयरामथापा र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेललाई भेटेर बधाई ज्ञापन गरेको छ ।
महासंघको टोलीअध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा बागमतीप्रदेश सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न पुगेको हो ।
कार्यक्रममा महासंघले यातायातमन्त्री थापासमक्ष संघीयता लागू भएपछि पनि कतिपय ट्रकका नम्बर अझै अञ्चलगत प्रणालीअनुसार रहेकाले त्यसलाई प्रदेशगत प्रणालीमा रूपान्तरण गर्न आग्रह गरेको महासंघका महा सचिवराजेन्द्र बिक्रमबानियाले जानकारी दिए ।
यसबाहेक, मुख्यमन्त्री बाँनियासँग भेट गर्दै महासंघले ट्रक प्रमिट लिनका लागि प्रदेशअनुसार फरक–फरक करदरले व्यवसायमा समस्या आएको बताएको छ ।
महासंघका अनुसार मधेशप्रदेशमा ट्रक प्रमिट लिन १० हजार रुपैयाँ तिर्नुपर्नेमा बागमतीप्रदेशमा १५हजार रुपैयाँ तिर्नुपर्ने हुँदा व्यवसायीहरू सस्तो हुने प्रदेशतर्फ आकर्षित हुने गरेको र यसले बागमतीप्रदेशको राजस्वमा कमील्याएको सुझावदिएको हो । यसबारेमा मुख्यमन्त्री बानियाँले समस्या छिट्टै समाधानगर्ने आश्वासन दिएको महासचिव बाँनियाले बताए ।
त्यस्तै, महासंघले ट्रक तथा यातायात क्षेत्रसँग सम्बन्धित कतिपय कानुन संशोधन गर्नुपर्ने मागपनि राखेको छ । यसबारे मुख्यमन्त्री बानियाले विस्तृत छलफलपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।