नेकपाले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

आइतबार, १९ असोज २०८२

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाएको छ । कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २५, २६, २७ र २८ गते बस्नेगरी नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठकमा पछिल्लो समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूको एकता र ध्रुवीकरण लगायतका विषयमा छलफल हुनेछ । त्यसअघि २३ गते स्थायी कमिटी बैठक पनि बस्ने छ ।

नेकपासँग एकता गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने निर्णय गरेपछि विप्लव नेतृत्वको नेकपाले पनि यसै विषयमा छलफल केन्द्रीय गर्ने बताइएको छ ।