राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, मन्त्रीपरिषद् विस्तारबारे छलफल

बिहिबार, २३ असोज २०८२

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

साथै, मन्त्रीपरिषद् विस्तारबारे समेत छलफल भएको बताइएको छ । जेनजी सहिद परिवारले मन्त्रीका लागि नाम सिफारिस गरेपछि प्रधानमन्त्री मन्त्री मन्त्रीपरिषदको तयारीमा छन् ।