जेनजी आन्दोलनपछि नेपाली कांग्रेस तिरिमिरी

शुक्रबार, २४ असोज २०८२

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले घोषणा गरेको निर्वाचनमा होमिन तम्सिएको नेपाली कांग्रेस तिरिमिरी भएको छ ।

बिहिबार सानेपामा बसेको पदाधिकारी बैठकमा संसद पनि ब्युताउने र निर्वाचनमा पनि जाने तर्क गरेपछि भिजन क्लियर नहुदा तिरिमिरी भएको हो ।

पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले निर्वाचनबारे अहिलेसम्म दलहरूसँग छलफल नगरेकोप्रति असन्तुष्टि जनाएउदै यस्तो तर्क गरेर्का हुन्  । सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर नभएको समेत कांग्रेसको  आरोप  छ।

उनले भने, ‘अहिले लोकतान्त्रिक मूल्य र मान्यतालाई नै थङथिलो बनाउने कोसिस भइरहेको छ। तर हामी विचलित हुँदैनौं । हामी उठ्छौं । अहिलेको आवश्यकता पार्टीभित्रको एकता हो, एकताबद्ध भएर जान्छौं । हामी सघन छलफल गरेर महाधिवेशन नेतृत्व परिवर्तनबारे निर्णयमा पुग्छौँ ।’

उनले महाधिवेशन र आगामी नीतिबारे छलफल भएपनि कार्यवाहक सभापतिबारे कुनै छलफल नभएको बताए । उनले जेनजी आन्दोलनबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे । बैठक भोलि पनि बस्ने र केन्द्रीय समिति बैठकको एजेण्डा तय गरिने भएको छ ।