न जीवित न मृत, बिपिन जोशीको अबस्था झनै रहस्यमय बन्दै
काठमाडौँ – विपिन जोशीको शास र लास पनि नपाइने अवस्था बनेको छ । हमासले सार्वजनिक गरेको मृतक र जिवित बन्दकहरुको सूचीमा विपिनको नाम समावेश नभएपछि उनको अवस्था थप रहस्यमय बनेको छ ।
इजरायलसँग भएको युद्धविराम पछि हमासले २० जना जिवित र २६ जना मृतकको नाम सार्वजनिक गरेको छ । दुबै लिस्टमा विपिनको नाम समावेश छैन ।
इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेको थियो । किनकि अमेरिकाको प्रस्तावअनुसार इजरायल र हमासबीच भएको सहमतिमा सबै बन्धक रिहा गर्ने कुरा पनि उल्लेख छ। तर विपिनको वर्तमान अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन।
यसैबीच सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको स्थिति अज्ञात भनिएको छ। सीएनएनका अनुसार इजरायली सरकारले ४८ बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको बताएको छ भने नेपाली नागरिक विपिन र इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात भनेको छ।
हर्नुहोस् सीएनएनले सार्वजनिक गरेको २६ मृत बन्धकको सूचीस्
