ह्वात्तै घट्यो सुनको मूल्य

शुक्रबार, २४ असोज २०८२

काठमाडौँ – केहिदिन देखि अप्रत्याशित रुपमा बढेको सुनको मुल्यमा ह्वात्तै गिराउटआएको छ ।  निरन्नेतर बढिरहेको सुनको मूल्य सुक्रबार तोलामा ४ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।