तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने बाटो खुल्यो

शुक्रबार, २४ असोज २०८२

काठमाडौँ – सरकारले भिजिट भिसा प्रकरणको फाइल खोलेसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने बाटो खुलेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यागमन र भिजिट भिसाको छानबिन गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

विगतदेखि देखिएको समस्या समाधान गर्न गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए । ‘अध्यागमन र भिजिट भिसाको सन्दर्भमा विगतदेखि देखिएको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ’ उनले भने ।

यससँगै तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्ने बाटो खुलेको छ । उनीमाथि विमानस्थलमा सेटिङ मिलाएर दैनिक ६० हजार अशुल गरेको आरोप छ ।