बालेन—सुदनलाई हिंस्रक, हत्यारा, विदेशी दलाल भन्दै प्रदर्शन
काठमाडौं—काठमाडौंका मेयर बालेन शाह र जेनजी अगुवा सुदन गुरुङलाई हिंस्रक, हत्यारा, विदेशी दलाल भन्दै माइतघरमा व्यानर प्रर्दशन भएको छ । एमाले र कांग्रेस निकट जेनजी युवाहरुको एक समूहले म हत्यारा, म भ्रष्टचारी लेखिएका आफ्ना नेताहरुको व्यानर हटाएर बालेन र सुदनको तस्वीर सहितको ब्यानर राखेका हुन् ।
माइतीघरमा राखिएको एमालेका अध्यक्ष केपी ओली र महेश बस्नेतको तस्वीर अंकित ब्यानरलाई युवाहरूको समूहले हटाएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र जेनजी समूहको आन्दोलनका हाइज्याकर अगुवा सुदन गुरुङको तस्वीर अंकित ब्यानर राखेको छ ।
बुधबार साँझ माइतीघर मण्डलामा जम्मा भएका युवाहरूले बालेन र सुदनलाई हिंस्रक, हत्यारा, विदेशी दलाल लेखिएको ब्यानर टाँगिएको छ ।
केही दिनअघि जेनजी समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेतृ डा.आरजु राणा, पूर्वगृहमन्त्री रमेश लेखक, एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई ‘भ्रष्टाचारी हुँ’ लगायत उल्लेख गरी ब्यानर टाँगेका थिए । ती तस्वीरमध्ये ओली र बस्नेतको तस्वीर अंकित ब्यानर हटाइएको छ ।
युवाहरूले ओलीको हटाएर बालेन र सुदनको तस्वीरसहितको ब्यानर राखेपछि केहीबेर वादविवाद समेत भएको छ ।