केपि ओलीको कित्तामा उभिए झलनाथ खनाल
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल एमाले अध्यक्ष केपि शर्मा ओलीको कित्तामा उभिएका छन् । भारतको नयाँ दिल्लीमा पत्नी रविलक्ष्मी चित्रकारको उपचार गराइरहेका खनालले अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी भएको आरोप लगाएका छन् ।
एमालेबाट अलग हुँदा ओलीले पनि माधव नेपाल दक्षिणपन्थी भएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादलाई परास्पार्ने घोषणा गरेका थिए । पार्टीको केन्द्रीय सचिवालय बैठक चलिरहेका बेला नेता खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका छन् । खनालले सचिवालय बैठकलाई पठाएको पत्रमा जेनजी आन्दोलनपछिको राजनीति निर्वाचनतिर केन्द्रित हुँदै गएको बताएका छन् ।
‘युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ’, खनालले पठाएको पत्रमा उल्लेख छ । साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।
‘तपाईँ हामी देखिरहेका छौँ । हरेक साना ठुला पार्टीहरूमा र खुद जेन्जी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ’, खनालले भनेका छन् । उनले पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग भन्दै फगत पुस्तावादको माग गात्र नभएको बताएका छन् ।
‘सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो । त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन’, खनालले भनेका छन्, ‘यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ ।’ साथै उनले सबभन्दा पहिले ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरेर ठिक बेठिकबारे दूधको दूध र पानी छुटाउनुपर्ने बताएका छन् ।
यस्तो खनालले सचिवालयमा पठाएको धारणाः
