केपि ओलीसहित जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी अभियोगमा अनुसन्धान गर्न माग
काठमाडौं- केपि ओलीसहित जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी अभियोगमा अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा १४ वटा रिट परेका छन् ।
सर्वोच्चमा आएका रिटमध्ये १० वटा संसद् विघटन, अन्तरिम सरकार गठन असंवैधानिक भएको र चारवटा मौलिक हकसँग सम्बन्धित रहेका छन् ।
रिटमा तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुँबेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई फौजदारी अभियोगमा अनुसन्धान गर्न आदेशको माग गरिएको छ ।