रामेछापमा मानसिक समस्याबाट पीडित युवकको उद्धार, उपचारका लागि काठमाडौं पठाइयो
काठमाडौं—मानसिक समस्याका कारण एक महिनादेखि कोठामा थुनिएका रामेछापको खाँडादेवीगाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकीको मङ्गलबार उद्धार गरिएको छ।
मानव सेवाआश्रम, काठमाडौंबाट आएको टोलीले स्थानीयपालिका र वडा कार्यालयको सहयोगमा बुढाथोकीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ लगेको हो ।
बुढाथोकीको मानसिक समस्यानियन्त्रण भन्दाबाहिर पुगेपछि परिवारले सुरक्षाका दृष्टिले उनलाई फलामको बार लगाइएको कोठामा थुनेर राख्नबाध्यभएको थियो ।
खाँडादेवीगाउँपालिका–२ का वडा अध्यक्ष केशवकुमार प्रधानकाअनुसार दिनेश विगत एक महिनादेखि त्यही कोठामा बन्द अवस्थामा थिए । ‘उनी मानसिक समस्याबाट पीडित थिए र परिवारका सदस्यलाई देख्ने बित्तिकै आक्रमण गर्ने गर्थे, त्यसैले परिवारले असुरक्षा महसुस गर्दै उनलाई फलामको ग्रीलभएको कोठामा राख्न बाध्यभयो’, उनले भने ।
दिनेशका ८१ वर्षीय पिता यमबहादुर बुढाथोकीले छोराको उद्धारसँगै फेरि उपचारको आस पलाएको बताए । ‘हामीले सके जतिउपचार गर्यौँ, तर केहीभएन, अब निको हुने आशा पलाएको छ’, उनले भने ।
दिनेशकी भाउजू मनीषा बुढाथोकीकाअनुसार २०७२ सालको भूकम्पपछि उनलाई मानसिक समस्या देखिन थालेको हो । पछिल्ला ६ महिनादेखि चिकित्सकले दिएको औषधिले समेत काम नगरेपछि परिवारको सुरक्षाकालागिउनलाई कोठामै थुनेर राख्नु परेको हो ।
‘अस्पतालमात्रै होइन, धामी–झाँक्री सबै ठाउँ धायौँ, तर निको भएन, तीनवर्षभन्दा बढी सुधार गृहमा राखेर पनि उपचार गरियो, तर केही सुधार देखिएन’, दिनेशकी भाउजु मनिषाले भनिन् । उनकाअनुसार पछिल्ला महिनामा औषधिले असर गर्न छाडेपछि दिनेश अत्यन्त आक्रामक बन्दै गएका थिए । त्यसैले उनलाई थुनेर राख्नु परेको थियो ।
खाँडादेवीगाउँपालिकाअध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार दिनेशलाई फलामको ग्रील र शौचालय सहितको कोठामा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको हो ।
‘पालिकाको पहलमामानव सेवाआश्रम, काठमाडौँले उद्धार गरेको हो,’ अध्यक्षश्रेष्ठले भने, ‘आश्रमबाट तीनजनाको टोलीमङ्गलवार गाउँमापुगेर उनलाई उद्धार गरेको हो ।’
उद्धारपछि बिरामीको उपचारका लागि तत्कालका लागि गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । मनोजको उपचार हुने भएपछि आमाबाबु र परिवारका सदस्यले खुसीव्यक्त गरे ।