सुदन गुरुङले सुशीला कार्कीको खुट्टामा लम्पसार पर्नुको रहस्य खुल्यो

बुधबार, २९ असोज २०८२

काठमाडौं—सुदन गुरुङले सुशीला कार्कीको खुट्टामा लम्पसार पर्नुको रहस्य एक महिना पछि खुलेको छ ।

धेरैले शंकटको बेलामा देशको जिम्मा लिन तयार भएको भन्दै ढोगेको आंकलन गरेपनि गृहमन्त्री माग्दै लम्पसार परेको खुलेको छ ।

कार्कीको शपथ ग्रहण समारोहमा सुधनले आफूलाई पनि प्रधानमन्त्रीले सँगै गृहमन्त्रीको शपथ गराउनुपर्ने भन्दै लफडा गरेका थिए । अर्को दिन सपथ गराउने विश्वासपछि खुट्टामै परेर ढोगेको श्रोतले जनाएको छ ।

भदौ २३ गतेको प्रदर्शनमा पानी बाँड्ने भूमिकाबाट रातारात जेन जी अगुवा बनेर उदाएका हामी नेपाल एनजिओका संस्थापक सुदन गुरुङले गृहमन्त्री बन्न राष्ट्रपति कार्यालयमा बबाल मच्चाएको घटना ढिलोगरी खुलेको हो ।

भदौ २७ गते शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा उनले गृहमन्त्रीका लागि लफडा गरेको जानकारी प्राप्त भएको हो । स्रोतका अनुसार सुधनले त्यसदिन आफूलाई पनि प्रधानमन्त्रीले सँगै शपथ गराउनुपर्ने भन्दै गलफत्ती गरेका थिए ।

२४ गतेको विध्वंशपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेका बेला जेन जी समन्वयकर्ता बनेर जंगीअड्डा र शीतल निवासका वार्तामा सहभागी भएका सुदनले त्यतिबेलादेखि नै पद माग्दै आएका थिए । कार्की प्रधानमन्त्री हुने पक्का भएसँगै आफ्नो समूहलाई गृहमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय भाग लगाइनुपर्ने उनको माग थियो ।

त्यही बुझेर होला प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपाली सेनाले शुरुमा उनलाई शीतल निवास प्रवेशमा रोक लगाएको थियो । तर,पछि राष्ट्रपति कार्यालयका कर्मचारी,प्रधानमन्त्री कार्की र मुख्यसचिव एकनारायण अर्यालहरूको आग्रहमा भित्र छिराइएका उनले गृहमन्त्री खान गर्नुसम्म गरेको प्रत्यक्षदर्शी स्रोत बताउँछ ।

अहिले आफूलाई पदको लोभ नभएको भन्दै सडकमा आदर्शका गफ छाँट्दै हिंडिरहेका उनले सुशीलालाई ढोग गरेपछि मलाई पनि गृहमन्त्री चाहियो भनेर निकैबेर बादबिवाद गरेका थिए । मलाई गृहमन्त्री बनाउनुपर्यो भनेर के—के भन्दै थिए, पछि के भयो हामीले चासो राख्ने कुरा भएन स्रोतले भन्यो।