एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट
काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकले एशियन बुद्ध होटलमा सेवा लिँदा भारी छुट पाउने भएका छन् । होटल र बैंकबीच सम्पन्न सम्झौता अनुसार बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
बैंकका ग्राहकले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अजुन राज खनियाले बताएका छन् । ग्राहकले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त हुने उनको भनाई छ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।