एईसीसी ग्लोबलको ‘अस्ट्रेलिया एड्मिसन डे’ सम्पन्न

बुधबार, २९ असोज २०८२

काठमाडौँ – अस्ट्रेलिया अध्ययनको विश्वासिलो शैक्षिक परामर्श संस्था एईसीसी ग्लोबलको ‘अस्ट्रेलिया एड्मिसन डे’ सम्पन्न भएको छ । विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले योग्यता पुगेका विद्यार्थीलाई ठाउँको ठाउँ भर्ना गरेर विद्यार्थीलाई उत्साहित बनाएका छन् ।

एईसीसीको केन्द्रीय कार्यालय डिल्लिबजारमा सम्पन्न एड्मिसन डेमा विद्यार्थीले विश्वविद्यालयमा भर्नाका साथै, विश्वविद्यालय कलेजको शैक्षिक बातावरण, कोर्ष, होस्टेल लगायत विश्वविद्यालय, कलेजको सुविधाको बारेमा प्रत्यक्ष जानकारी पाएका थिए ।

एईसीसीका कन्ट्री म्यानेजर शैलेश झाले एईसीसीले विद्यार्थीलाई सहि परामर्श दिने भएकाले एड्मिसन डेमा उत्साहजनक सहभागीता जनाएको बताएका छन् । उनले एईसीसीले आयोजना गर्ने विभिन्न नाममा शैक्षिक मेलाका विद्यार्थीको उल्लेख्य सहभागी हुने बताउँदै सहभागी विद्यार्थीले उत्साहजनक प्रतिक्रिया दिने गरेको बताए ।

एड्मिसन डेमा उपस्थित शैक्षिक संस्थाका प्रतिनिधिले योग्य विद्यार्थी पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया दिएका छन् । विहान ११ बजेदेखि सुरु भएको एड्मिसन डेमा २ सय ५० बढी विद्यार्थीको सहभागी रहेको थियो । एईसीसीले हरेक महिना एजुकेशन फेयर गरेर विद्यार्थीलाई सहि परामर्श दिदै आएको छ ।