मुग्लिन–नारायणगढ दुर्घटना : २१ घाइते, चारको अवस्था गम्भीर
काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर रहेको छ ।
बिहान करिब साढे ७ बजे यात्रुवहाक बस र ट्रकगरी सातवटा सवारी ठोक्किएका थिए ।
“मुग्लिङ–नारायणगढ सडकखण्डको गाईघाटमा केही गाडी ठोक्किएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ,” जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले भने ।”