मिरजको पत्रकार सम्मेलनमा शहीद परिवारका माग राखेर उभिए युवक

शनिबार, १ कार्तिक २०८२

काठमाडौं—मिरज ढुंगानाको पत्रकार सम्मेलनमा देखिएको अनौठो दृष्यले सबैलाई भाबुक बनाएको छ ।

कालो चस्मा र मास्क लगाएर जेनजी सहिदको अबतारका रुपमा देखिएका एक युवाले हलमा उपस्थित सबैलाई भावुक बनाएका हुन् ।

उनको छातिमा टासिएको प्लेकार्डमा लेखिएको थियो, ‘मेरो आत्माले कहिले शान्ति पाउने ? उनको नजिकै जेनजी आन्दोलनमा गोली चलाउने माथि छानबिन कहिले ?’, ‘निःशुल्क शिक्षा, उपचार, साथै रोजगारीको व्यवस्था’, ‘प्रत्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री’ लगायतका ७ बुँदे माग पनि राखिएको थियो ।

जेनजी युवा मिरज ढुंगानाले शनिबार काठमाडौंमा आफूहरूका माग र मुद्दाबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत उनले दल घोषणा गर्ने भनिएको थियो । यद्यपि दलबारे औपचारिक रुपमा कुनै घोषणा गरिएको छैन ।

विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा हुनुपर्ने ढुंगाना लगायतका अगुवाहरूको तर्क छ ।

यही माग पूरा नभए आफूहरू निर्वाचनमा समेत सहभागी नहुने ढुंगानाले बताएका छन् ।