सुशीला कार्कीलाई हटाएर पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने खेल सुरु

शनिबार, ८ कार्तिक २०८२

यता अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध लगाइएको चुक्ली प्रधानमन्त्रीले नसुनेपछि कुरा अन्तै मोडियो । उदाहरणका लागि नागरिक उड्डयन प्राधिकरणका डिजी प्रदिप अधिकारीलगायत भ्रष्टाचारीविरुद्ध निर्मम हुन राई इच्छुक र इमानदार हुँदाहुँदै अख्तियारको कमजोर टिमका कारण आशातित परिणाम आउन नसकेको भन्नेमा यसवीच सुशीला कार्की कन्भिन्स हुनुभयो ।

यतिखेर संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँगै छ । उता पर्यटनमन्त्री आफू अनुकूल बनाउने र कार्यकाल थप्ने प्रदिप अधिकारीको योजना जीवितै छ । सम्पदाविद् गणपतिलाल श्रेष्ठलाई उक्त पदमा ल्याउने प्रयास त्यसैको उपज थियो । तर कतिपयले अझै पनि श्रेष्ठको विकल्प खोजिनुपर्ने भन्दै बालुवाटारमा कुरा पुर्याउन छाडेका छैनन् ।