दलित अभियानता खगेन्द्र सुनारसहित ४ जना मन्त्री बन्ने पक्का, आजै सपथ

आइतबार, ९ कार्तिक २०८२

काठमाडौँ – थप चार जना मन्त्रीको नाममा सहमति भएको छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् ।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनीले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् ।

उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बताएको छ  । ‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आजै शपथ ग्रहण हुन्छ,’ स्रोतले भन्यो ।

राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।