प्रधानमन्त्री सुशीला कार्कीले एकाएक बनाइन् देश छोड्ने योजना
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले देश छोड्ने योजना बनाएको बालुवाटारबाट सूचना आएको छ । जेनजीहरुले हैरान पारेपछि बेलायत गएर बस्ने योजना बनाएको बताइन्छ ।
कार्कीले कहिले २२ गते आउला र छोराको घरमा बेलायत गएर गुमनाम बस्न पाइएला भन्न थालिसक्नुभएको छ’, स्रोतले भन्यो ।
‘राति एक–दुर्ई बजे जेन–जी हुँ भन्दै जुँगाको रेखीसमेत नउम्रेका केटाहरू आउँछन्, नभेटौँ, उनीहरूकै जगमा प्रधानमन्त्री भएको छु, भेटौँ बुझिसक्नु छैन’, गुनासो बालुवाटार निकट स्रोतले सुनायो, ‘मलाई त यो पद टोक्नु न बोक्नु भयो ।’ प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल लम्ब्याउन फागुन २१ को चुनाव टार्नसक्ने कतिपयले आशंका गरिरहँदा उहाँ स्वयं भने कतिबेला छोडेर हिँड्न पाइएला भन्ने अवस्थामा पुग्नुभएको छ ।
‘प्रधानमन्त्री यति हैरान हुनुहुन्छ कि कहिले २२ गते आउला र छोराको घरमा बेलायत गएर एक वर्षसम्म आरामसँग गुमनाम बस्न पाइएला भन्न थालिसक्नुभएको छ’, स्रोतले सुनायो, ‘चुनाव सार्ने, सरकारको आयु लम्ब्याउने कुरा उहाँबाट हुँदैन ।’
कार्कीको स्वभाव नै हो– दबाबमा काम नगर्ने । प्रधानन्यायाधीश भएका बेला इजलासमा गरमा–गरम बहस चलिरहँदा उहाँ कयौँ पटक जुरुक्क उठेर च्याम्बरमा गएका उदाहरण छन् । यस्तो स्वभाव र कार्यशैलीको मान्छेलाई अहिले कथित् जेन–जीको नाममा कुनै पहिचान नै नभएकाहरूले अनेक शर्त तेस्र्याउने, दबाब दिने गरेकाले उहाँ वाक्कदिक्क भएको बालुवाटार स्रोतले जनाएको छ । ‘भेट गर्न नदिऊँ मार्न खोज्छन्, भेट्न दिऊँ भेटीसाध्य लाग्दैन’, दिक्दार मान्दै सचिवालय स्रोतले भन्यो ।
जेन–जीहरूबाट अप्ठेरोमा परेकी प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषदमा पनि अहिलेको चुनौती पार लगाउन सक्ने अनुभवी अनुहार देखिँदैन । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिलकुमार सिन्हा आ–आफ्नो क्षेत्रका विज्ञ त हुन्, तर राजनीतिमा प्राविधिक ज्ञानले मात्र पुग्दैन । चुनाव गराउने म्याण्डेटप्राप्त सरकारले राजनीतिक दलसँग संवाद गर्न नसकेर राष्ट्रपतिलाई गुहार्नुपर्यो भनेपछि अवस्था कस्तो छ भनेर थप चर्चा गरिरहनै परेन ।
देशको कार्यकारी प्रमुखका हिसाबले प्रधानमन्त्री संवैधानिक रूपमा शक्तिसम्पन्न पद हो । संसदीय प्रणालीमा त झन् यसलाई निकै महत्वपूर्ण मानिन्छ । संविधानले ‘नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित हुने’ भनेको छ । प्रधानमन्त्रीको क्षमता, सक्रियता, कार्यशैली देशको भाग्य र भविष्यसँग जोडिएको हुन्छ । तर, नेपालमा पछिल्लो समय यस पदको महत्व र गरिमालाई अत्यन्त सस्तो बनाउन थालिएको छ । जेनजीहरूको रोजाईमा परेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की उनीहरूकै कारण एक महिनामै हत्तुहैरान परेकी छिन ।