आफ्नै घनिष्ठ मित्र कान्छारामकोसमेत ठेक्का सम्झौता तोड्दै कुलमान घिसिङ

आइतबार, ९ कार्तिक २०८२

काठमाडौँ – कुलमान घिसिङले आफ्नै घनिष्ठ मित्र कान्छाराम तामाङको ठेक्का पनि तोड्ने प्रक्रिया सुरु गरेका छन् ।

घिसिङको निर्देशनमा शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले तामाङको कान्छाराम युनिकर्न जेभीले ठेक्का पाएको झापाको कमल खोला दोभानको झोलुङ्गे पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको हो ।

उर्जा राज्यमन्त्री हुँदा कुलमानको पक्षमा उभिएका तामाङले ठेक्का नतोडिए हुन्थ्यो भन्ने चाहेका छन् ।

ठेक्का तोड्ने सुचिमा खोटाङको पिलम्पा, गोरखाको क्योग्मा, झापाको कमल खोला दोभान, झापाकै बिरिङ बाह्रदशी, खोटाङको वुवाखोला, उदयपुरको सुनकोशी दिप्रुङ, गोरखाको धुमी बुधेगरा र धादिङको थुमी बुधेगरा झोलुङ्गे पुल रहेका छन् ।

पिलम्पा निगिरी निर्माण सेवा प्रा।लि। निर्माण व्यवसायी रहेको छ भने क्याग्माको हरीहरी शर्मिला जेभी हो । झापाको कमल खोला दोभान झोलुङ्गे पुल निर्माणको जिम्मा लिएको कांग्रेसका नेता पूर्णबहादुर तामाङको कम्पनी कान्छारामरयूनिकर्न जेभीसंग पनि ठेक्का तोडिने भएको छ ।

ठेक्का तोड्नु अगाडी विभागले १५ दिन समय समेत दिएको छ । यदि यो समयमा निर्माणको काम थाल्ने हो भने ठेक्का नतोड्ने तर नगरेमा ठेक्का तोड्ने विभागको भनाई छ । यी सबै कम्पनीसँग निर्माणका लागि २०७५, २०७६ र २०७८ मा सम्झौता भएको थियो ।