प्रचण्डलाई जेल हाल्न जेन-जी रेडफोर्सको माग

आइतबार, ९ कार्तिक २०८२

काठमाडौँ – माओवादी केन्द्र निकट जेन—जी रेडफोर्सले प्रचण्डलाई समेत जेल हाल्न माग गरको छ । जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक स्मृति तिमिल्सिनाले भ्रष्टाचार गरेको पाइए सुप्रिम कमाण्डर प्रचण्डलाई समेत जेल हाल्न माग गरेकी हुन् ।

रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाथ गरेर आवाज उठाउँने बताउँदै अनुसन्धानबाट प्रमाणित भए माओवादीका नेतासमेत नजोगिने बताइन् ।

गल्ती देखिएको खण्डमा उनीहरुलाई दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि जेल हाल्न सक्नुहुन्छ, यदी उहाँ दोषी देखिनुहुन्छ भने। रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ। रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन, ‘उनले भने।

जेन—जी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरुको सम्पती छानबिन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगायका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडी सारेको छ।