नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताले गरे बालेन शाहको सिको
काठमाडौं—नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताले बालेन शाहको सिको गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रीको सपथ खाएका गुप्ताले पदभार ग्रहणका क्रममा मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् ।
यसअघि काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहले कार्यपालिका बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।
आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले यस्तो निर्णय लिएका हुन् ।
मन्त्री गुप्ताको यो पहिलो निर्णय हो ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गुप्तालाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् ।