आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमाथि नै सर्वोच्च अदालतमा मुद्धा
काठमाडौं—जेनजी आन्दोलनमा भएको सरकारी दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमाथि नै सर्वोच्च अदालतमा मुद्धा परेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट परेको हो ।
आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुवारे तटस्थ नभएको अवस्थामा भण्डारीलेसमेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप लगाउदै अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर रिट पेस गरेको अदालत स्रोतले जनाएको छ ।